मनोरञ्जन

प्रमोद पोर्तेल र हिना मल्लको माया को भिडियो रिलिज

१६ चैत्र, धरान । बिगत एक दशकदेखी सांगीतिक क्षेत्रमा क्रियाशील धरानका गायक प्रमोद पोर्तेलले आफ्नो नयाँ गीत माया को म्युजिक भिडियो शनिबार धरानमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् ।

बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायक पोर्तेलको अफिसियल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।

गायक पोर्तेलको नै शब्द तथा संगीत रहेको गीतमा उनलाई गायिका हिना मल्लले साथ् दिएकी छिन् । माया गर्ने प्रेमिल जोडीहरु टाढा टाढा भएर बसेका अवस्थामा एक अर्काको फिलिङस कस्तो हुन्छ भन्ने समग्र गीतको भाब रहेको गीतको भिडियोमा गायक (गायिकाकै अभिनय रहेको छ । 

गायक प्रमोद पोर्तेलको दोस्रो एल्वम  माया हो को यो तेस्रो भिडियो रिलिज गरिएको हो र यस अघि उनले माया हो,फर्कि आउँछु बोलका दुई गीतको भिडियो रिलिज गरिसकेका छन् ।

गीतको संगीत संयोजन डानिएल गदाल, , मिक्सिङ, रविन छेत्री र रेकर्डिङ्ग अपार रेकर्डस धरानको रहेको छ भने आभास जंङ्ग माझी र एडम लिम्बुको छायाँकन रहेको भिडियो को निर्देशन तथा सम्पादन सुल्तान फिल्म्स युकेको सुल्तान इदिङ्गोले गरेका हुन् ।

भिडियो रिलिज पछि बोल्नु हुँदै बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले पछिल्लो समय सुगम संगीतमा यस्ता किसीमका गीतहरु नआएको भन्दै गायक पोर्तेललाई सफलताको शुभकामना दिएका छन् ।

कार्यक्रममा बिशेष अतिथी चर्चित गायक शिव लामिछाने ,बरिष्ठ लोक गायक गंगा बरदान ,विजयपुर मिडिया ग्रुपका निर्देशक हिमाल राई , धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ ,गायक रोहित मास्के,गायक मनोज मोते,गायक डिल्ली फोम्बो, संगीतकार भानु थापा मगर,बराह ग्रुपका पी।आर।ओ सुरेन्द्र सिंह विस्वकर्मा अतिथी रेका थिए ।

गितको भिडियोः