राजनीति

धेरै अन्तरालमा सभामुख साप्कोटाले भेटे प्रधानमन्त्री ओलीसँग !

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद साप्कोटाबीच भेटवार्ता भएकाे छ । केही हप्ताअगाडी नै भेटको समय मागेका सभामुख साप्कोटाले प्रधानमन्त्रीलाई आज समय दिएपछि भेट भएको बुझिएको छ । बिचाराधीन बिधेयक अगाडी बढाउने र आगामी संसदलाई सूचारु गर्ने बिषयमा सभामुख सप्कोटार र प्रधानमन्त्री ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल भएको बताईएको छ ।
पछिल्लो समय नेकपा माओबादी केन्द्र र नेकपा एमाले सर्बोच्च अदालतले छुट्याएपछिको राजनीतिक घटनाक्रममा सभामुख साप्कोटासँग रुष्ट बनेका प्रधानमन्त्रीले आज साप्कोटालाई भेट्ने समय दिएका हुन् ।