साहित्य

के माया लाउनु र

             -बरुण पराजुली                             -कविता

तिमीलाई सम्झदा एक्लै टोलाईन भने, के माया लाउनु र
तिमी रिसाउदा फकाउन जानिन भने, के माया लाउनु र !!

तिम्रो एउटा हाँसोमा दुख भुलाईन भने, के माया लाउनु र
तिम्रो एक शब्दमा शब्दकोष भरिन भने, के माया लाउनु र !!

तिम्रो आँखाबाट मैले संसार देखिन भने, के माया लाउनु र
तिम्रो त्यो रुपको कविताहरु कोरीन भने, के माया लाउनु र!!

तिमी अरुसंग बोल्दा डाहा गरिन भने, के माया लाउनु र
तिमी मसंग नबोल्दा ज्युदै मरिन भने, के माया लाउनु र!!

तिमीलाई सम्झदा एक्लै टोलाईन भने, के माया लाउनु र
तिमी रिसाउदा फकाउन जानिन भने, के माया लाउनु र!!