समाचार

दुर्गाप्रसादले पाए नेपाली नागरिकता

१२ चैत, काठमाडौं । चालिस वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर फर्किएका माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

उनले जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता लिएको हो । भतिजो गोपाल तिम्सिना, भाई धीरेन्द्र शर्मा रमणसहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि पुगेका दुर्गाप्रसादलाई प्रशासकीय अधिकृत देवीचरण फुयाँलले ०३–०१–७७–०३२५१ नागरिकता प्रमाणपत्र नम्बर भएको नागरिकता प्रदान गरे ।

नागरिकता लिन कार्यालय आएका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले तिम्सिनालाई खादा ओडाएर सम्मान गरेका थिए । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ ।