राजनीति

ओली बिरुद्ध माओबादीले अबिस्वास प्रस्ताव राखेपछिमात्र काँग्रेसले सरकार बारे निर्णय गर्छः नेता सिंह

१२ चैत, विराटनगर। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नगर्दासम्म नयाँ सरकारको विषय अघि बढ्न नसक्ने बताएका छन् । प्रेस युनियनले विराटनगरमा आयोजना गरेको पत्रकार सममेलनमा बोल्दै नेता सिंहले माओवादीले समर्थन फिर्ता नलिँदासम्म केपी ओली नेतृत्वको सरकार बहुमतकै सरकार हुने र त्यस्तो अवस्थामा संसदमा नयाँ सरकारको प्रक्रिया शुरु नहुने बताएका हुन् ।
नयाँ सरकार गठनबारे सञ्चारकर्मीहरुको जिज्ञासामा नेता सिंहले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गर्न नसक्ने अवस्थामा संसदमा खेल नै शुरु नभई उफ्रेर मात्र नहुने बताए । माओवादलिे समर्थन फिर्ता लिएपछि संसदभित्र विश्वासको मतको प्रक्रिया अघि बढ्ने र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने उनको भनाई थियो । जनता समाजवादी पार्टीले कांग्रेसले नयाँ सरकार बनाउनका लागि केही गरेन भनेर दोष दिएकोप्रति पनि उनले असन्तुष्टि जनाए । ६३ सिट रहेको कांग्रेस एक्लैले अविश्वासको प्रस्ताव लैजान नसक्ने भन्दै उनले संसदको अंकगणितबारे सबैलाई जानकारी रहेको पनि बताए । “ सरकार परिवर्तन भनेको त्संसदभित्रकै समिकरणबाट गर्नुपर्छ । माओवादीले समर्थन फिर्ता नलिएसम्म यो बहुमतकै सरकार छ । बहुमत बाँकी छँदै कांग्रेसले के गर्ने ?,” नेता सिंहले भने ।
पुस ५ मा प्रतिनिधिसभा विघटन हुँदा कसले के बोल्यो भन्ने कुरा जनताले लेखाजोखा राखेको पनि सिंहले बताए उनले नैतिकता हुनथ्यो भने प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन बदर भएलगत्तै राजीनामा गर्नुपर्ने भएपनि त्यसो नगरेको सिंहको टिप्पणी थियो । “असंवैधानिक कदम उठाएको प्रधानमन्त्री एक सेकेण्ड पनि प्रधानमन्त्रीका रुपमा बसिराख्नु हुँदैन । नैतिकता छैन भने त जे गरेपनि भयो,” उनले भने । नेपालको कम्युनिष्टहरुको डिक्स्नरीमा नैतिकता भन्ने शब्द नभएको र राजनीतिमा नैतिकता नहुँदा तानाशाक जन्मने भन्दै कांग्रेले बलियो नहुादा बहुदलीय प्रजातन्त्रनै संकटमा परेको बताए । कांग्रेसलाई सुद्दिकरण र सुदृढिकरणका लागि १४औं महाधिवेशनबाट ठिक नेतृत्व ल्याउनुपर्नेमा जोड दिए । उनले १३औं महाधिवेशनपछि कांग्रेस कमजोर हुँदा देशमा कम्युनिष्टहरु बढेको र उनीहरुले संविधानलाई नै पन्छाउनतिर लागेको पनि सिंहले बताए । कांग्रेसलाई बलियो बनाएपछि मात्र संघीयता,लोकतन्त्र र संविधानको रक्षा हुनसक्ने पनि उनले बताए ।