राजनीति

बोहोरेटारमा डा शसाँकसहितका पौडेल पक्षीय नेताहरु बसे छलफलमा, निर्णय के होला ?

८ चैत, काठमाडौं । नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक पौडेल निवास बोहोरेटारमा बसिरहेको छ । २ बजेदेखी नै पौडेल पक्षीय नेताहरु पौडेल निवासमा भेटा हुने क्रम जारी छ । नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईराला, कोशाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा. रामशरण महत, डा मिनेन्द्र रिजाललगायतका नेताहरु बसेर आगामी पौडेल पक्षको भूमिका खोज्ने बिषयमा छलफल हुनेबताईएको छ ।
नेपाली काँग्रेस सरकारमा जानका लागि फागुन २८ गते बसेको देउवा निवासको काँग्रेस पदाधिकारी बैठकले साँकेतिक रुपमा बाटो खोलेपनि पछिल्लो समय सभापति देउवा पार्टी सरकारमा जानुपर्ने भन्दा निर्बाचन गरेर काँग्रेसलाई बलियो बनाउनुपर्ने लाईनमा बोलिरहेका छन् ।
एकाएक पौडेल पक्षीय बोहोरेटारको शीर्ष नेतृत्वको बैठकले के निर्णय गर्छ भन्ने भन्न नसकिएपछि बैठकमा जाँदैगरेका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले राष्ट्रिय राजनीतिक, आगामाी महाधिवेशनकबा बिषयमा केन्द्रीत भएर छलफल गरिने सुर्यखबरलाई जानकारी दिएका छन् ।