पु.समाचार

एमालेको केन्द्रिय कमिटी बैठक बस्दै तर नेपाल-खनाल समुह भने सहभागी नहुने

७ चैत्र, काठमाडौं । नेकपाको एमालेको ओली समुहले आज केन्द्रिय कमिटीको बैठक बोलाएको छ । तर आजको बैठकमा नेपाल-खनाल पक्षभने सहभागी नहुने जनाईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेका लागी बोलाएको संसदीय दलको बैठकपछि केन्द्रिय कमिटी बैठक बस्ने भएको हो ।

साथै यसअघि प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष ओलीले बोलाएको केन्द्रिय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल–खनाल समुह सहभागी भएको थिएन ।

ओलीको कार्यशैलिप्रति रुष्ठ हुँदै उक्त समुहले छुट्टा-छुट्टै भेताको आयोजना गर्दै आएको छ ।