सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः बतासे उपलव्धिको नशामा लठ्ठिएको सरकारले बिताउने भो !

७ चैत्र, काठमाडौं । बुद्धिजिवि तथा लेखक खगेन्द्र संग्रौलाले ओली सरकारको कडा रुपमा आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले बतासे उपलव्धिको नशामा लठ्ठिएको सरकारले बिताउने भो भन्दै टिप्पणी गरेका छन् ।

उनले दक्षिण भारतबाट कोरोनाको दोस्रो लहर नेपाल ताकेर उँभो लागेको लक्षण देखियो भन्दै चिन्ता प्रकट समेत गरेका छन् ।

उनले सबै नेपालीलाई छिटै निःशुल्क खोप उपलव्ध गराउँछु भन्दै डिङ हाँक्ने ओली सरकार भीख माग्न एउटा हात र कमिसन थाप्न अर्को हात पसारेर लिन्ठिङ्ग उभिएको जिकिर गरेका छन् ।

उनको ट्वीटः दक्षिण भारतबाट कोरोनाको दोस्रो लहर नेपाल ताकेर उँभो लागेको लक्षण देखियो । सबै नेपालीलाई छिटै निस्शुल्क खोप उपलव्ध गराउँछु भन्दै डिङ हाँक्ने ओली सरकार भीख माग्न एउटा हात र कमिसन थाप्न अर्को हात पसारेर लिन्ठिङ्ग उभिएको छ । बतासे उपलव्धिको नशामा लठ्ठिएको सरकारले बिताउने भो !