प्रदेश 1

आइटिएफ तेक्वान्दो विराटनगरको अध्यक्षमा भट्टराई

४ चैत, मोरङ / आइटिएफ तेक्वान्दो सङ्घ विराटनगरको अध्यक्षमा मनिष भट्टराई आज निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नं १ तेक्वान्दो आज यहाँ आयोजित भेलाले भट्टराईलाई अध्यक्षमा सर्वसम्मतरूपमा चयन गरेको हो । सङ्घको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विकेश चौधरी, कृष्ण खतिवडा, अर्जुन रिजाल र सन्दीप न्यौपाने रहेका छन् ।
यसैगरी सदस्यमा मोहम्मद समसेद, मोहम्मद इमरान, दिवश गौतम, दिपेशजङ्ग कार्की, रन्जित कामत र अनिल खतिवडा छन् । नवनिर्वाचित अध्यक्ष भट्टराईले नयाँ वर्षमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता विराटनगरमा आयोजना गर्ने जानकारी दिए । उनले खेलप्रति युवायुवतीलाई आकर्षित गर्न वडास्तरमा कमिटी गठन गरी प्रशिक्षण अभियान शुरु गरी निजी विद्यालयमा छात्रवृत्तिको व्यवस्थाको अभियानमा लाग्ने बताए ।
आइटिएफ तेक्वान्दोको प्रदेश नं १ का संस्थापक अध्यक्ष प्रवीणकुमार कार्की, इन्सेकका प्रदेश प्रमुख सोमराज थापा, नेकपा एमाले जिल्ला सदस्य रुपेश खतिवडा, सुशील रिजाललगायतले खेलाडीको मनोबल उच्च बनाउन खेलकूद क्षेत्रको विकासमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए ।