राजनीति

चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने छॅाटकॅाट देखिएनः डा भट्टराई

४ चैत्र, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो बिदा गर्न चुकेमा ईतिहासले माफ नगर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले ओलीले राज्यका सबै अंग र साधन श्रोत कब्जा गरिरहेको समेत आरोप लगाएका छन् ।

सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेखिएको समेत बताएका छन् ।

ओलीलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुकेमा कसैलाई इतिहासले माफ नगर्ने बताएका छन् ।

उनको ट्वीटः राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्ररसंविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !