राजनीति

नेता जोशी भेन्टिलेटरमा उपचाररतः हुनुहुन्छ, निधन भएको भन्ने बाहिरका हल्ला निराधारः नर्भिक अस्पताल

४ चैत, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्व मन्त्री नबिन्द्रराज जोशीको निन भएको खबर गलत भएको छ । सामाजिक संजालमा हार्दिक श्रद्धान्जली भनेर भाईरल भएकालगायतका कुराहरु गलत भएको उपचारमा संलग्न चिकित्शकले जनाएका छन् । नर्भिक अस्पतालमा उपचाररतः नेता जोशी भेन्टिलेटरमा उपचाररत भएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्शकहरुले यस अघि नै पुष्टी गरेपनि निधन भएका हल्लाहरु निराधार भएको अस्पतालको दाबी छ ।
शालीन ब्यक्रीतव जोशीलाई समबेदना दिनेहरुको सामाजिक सञ्जालमा भीड लाग्नु दुःखद रहेको बताईएको छ । नेपाली काँग्रेसको उच्च नेतृत्वदेखी तलैसम्म जोशी निकटकाहरुले नेता जोशीको निधन नभएको कुरा सामाजिक संजालमा राखेका छन् । जोशीको स्वास्थ्य लाभको कामना छ ।

 

प्रेस विज्ञप्ति

२०७७ चैत ४ गते बिहान ७ बजे यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ । प्रमुख–कर्पोरेट कम्युनिकेसन एण्ड पिआर डिपार्टमेन्ट नर्भिक इन्टरनेशनल हस्पिटल प्रालि सम्पर्क: ९८५१०१५३९४