समाचार

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अब दायाँबायाँ केही पनि नसोचौंः वरिष्ठ नेता पौडेल

२९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अब दायाँबायाँ केही पनि नसोन्न नेतृत्वलाई सुझाव दिएका छन् ।

प्रेस युनियन बाग्लुङले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले देशलाई र्बादीतीर लैजाने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका हुन् ।

नेता पौडेलले सभापति देउवा नै अगाडी बढेर ओलीलाई हटाउनु पर्ने बेला आएको बताएका छन् । अब दाँयाँबाँया केही नसोचि माओवादी केन्द्र र जसपासंग मिलेर भएपनि ओलीलाई हटाउनु पर्ने उनको जोड थियो ।

प्रतिनिधिसभा बिघटनपछि कांग्रेसले सत्तामा जान हतार गर्न नहुने बताउँदै आएका वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । साथै नेता पौडेलले कसैले ओलीको सत्ता बचाउछ भने त्यो संग आफ्नो प्रश्न हुने समेत बताएका छन् ।