तस्विरहरु

पशुपतिनाथमा महाशिवरात्रिकाे रौनक (तस्वीरमा हेर्नुहोस्)

२७ फागुन, काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी आज देशभर मनाइँदैछ।

बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ।

मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यसैबीच, पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको छ । पशुपतिमा भक्तजनका लागि बिहान ४ बजेदेखि नै ढोका खुलाइएको थियो । महाशिवरात्रिका दिन आज पशुपति मन्दिरमा रौनक छाएको छ ।