पु.समाचार

दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

२४ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने भएका छन् । प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गरेका छन्।
पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त भएका छन् । उनले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गरेका छन्। निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ । प्रमुख आयुक्त राईले गरेको उक्त स्वघोषणाको गरी दिएको सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाइएको आयोगले जनाएको छ ।