प्रदेश 1

बराहक्षेत्र काँग्रेसद्वारा नयाँ क्रयासिल बितरण सुरु, महाधिवेशनको देखियो रौनक

२४ फागुन, चक्रघट्टी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रौनक सुनसरीको वराहक्षेत्र नगरपालिकामा देखिन थालेको छ। महाधिवेशनको पहिलो चरणको कार्यक्रम अन्तर्गत क्रियासिल सदस्य नबिकरण गरिसकिएको वराहक्षेत्रमा नगरपालिका भित्र नया क्रियाशिल सदस्यता बितरणको कार्यक्रम समेत सुरु भएछि कांग्रेसका क्रियासिल सदस्यहरुलाई महाधिवेशनको रौनक देखिन थालेको हो ।
११ वटा वडा रहेको वराहक्षेत्र नगरपालिकाको वडा नं २ अन्तरगत नेपाली कांग्रेस वडा कार्य समितिले सोमवारदेखि नया सदस्यता बितरणकालागि नामावलि संकलन सुरु गरिएको वडा सभापति प्रदिप बस्नेतले बताए। २ नम्बर वडा जस्तै ११ वडा कार्यसमितिले नामवली सक्लन गर्ने सुरु गरेको नगर सभापति नारायण नेपालले बताए ।
नगरपालिकाको १ देखि ५ नम्बर वडा सुनसरी निर्बाचन क्षेत्र नं १ मा र बाकि ६ वटा वडा सुनसरी क्षेत्र नं ४ मा रहेको वराहक्षेत्र नगरपालिका भित्र करिब १६ सय नेपाली काग्रेसका क्रियाशिलले नविकरण गरेर क्षेत्रिय समिमिमा पढाएको नगर सभापति नेपालले बताए । उनका अनुसार नगर समितिले क्षेत्रिय समीतिमा पढाएको सदस्यता अनुसार नया सदस्य फर्म पढाएको छ । हाल पुरानो पढाएको सदस्य अनुशार ५० प्रतिशत नया सदस्यताकालागि फम पढाएको नगरमा नया क्रियासिलको माग बढि भएमाले सत प्रतिशत माग गरिएको उनले बताए ।

नेपाली कांग्रेसको महाधिवेशन २०७८ भाद्र ७, ८, ९ र १० काठमाडौंमा हुदैछ । केन्द्रीय महाधिवेशनसंगै वडा तह सम्म अधिबेशन गर्ने भएकाले गाउँ तथा नगर वडा अधिवेशन २०७८ असार २० गते, गाउँ तथा नगरपालिका अधिवेशन २०७८ असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७८ असार २५ गते त्यस्तै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन २०७८ असार २७ गते , एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ असार ३० गते र प्रदेश अधिवेशन २०७८ श्रावण ६ गते हुने नेपाली कांग्रेस केन्द्रीय समितिले मिति तय गरि सकेको छ ।