राजनीति

नेपालमा कच्चा पदार्थबाहेक केही पनि भित्र्याउनुहुन्नः प्रधानमन्त्री ओली

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तीले भोक नमर्न भन्दै हाम्रो देश भक्तीले सियो, धागो, जुत्ता उत्पादन गर्नुपर्ने बताएका छन् । उनले मोवाईलका कारण घडी बिस्थापीत भएको भन्दै उपभोग्य बस्तुहरु नेपालमा नै उत्पादन गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।
मेक इन नेपालको अभियान कार्यक्रममा बोल्दै सरकार नेपालमा नै बनाऔं भन्ने अभियानलाई सरकारले पूर्ण समर्थन गर्ने बताए । उनले नेपाललाई उत्पादक र निर्यातक देश बनाउने बताए । प्रधानमन्त्री ओलीले उद्योग परिसंघद्वारा आयोजीत आजको कार्यक्रममा बोल्दै उनले भारतमा माहात्मागान्धीले चलाएको अभियानलाई ध्यान दिँदै गुणस्तर, मुल्यमा वैज्ञानिक ढंगले तय गर्दै नेपाललाई स्वदेशी उत्पादनका लागि अगाडी बढाउने दीशामा सबै लाग्नुपर्ने बताए ।
उनले समृद्धिलेमात्र नेपालको विकासलाई नपुग्ने भन्दै मानवजातीको अन्तिम निश्कर्ष सुखप्राप्ती भएको बताए । मानवजातीका न्यायोचित आवश्यक्ता आवश्यक पर्ने भन्दै गाँस बास र कपासको आवस्यक्ता जरुरी भएको बताए । उनले स्वदेशी अभियानले राष्ट्रियताको भावना जागृत गर्ने काम गरेको भन्दै उद्योगीहरुले आफुद्वारा उत्पादित बस्तु बेच्नेमात्र भन्दापनि माथी उठेर राष्ट्रियताको भावना, राष्ट्र विकासको अभियानको संकल्प भएको भन्दै अभियान्तालाई धन्यबादसमेत दिए ।
प्रधानमन्त्रीले कृषि भएपनि कृषि नेपालमा बैज्ञानिक ढंगले अगाडी नबढेको बताउँदै बिभिन्न इनर्जी ड्रिंक, धमिलो पानी बाहिरबाट ल्याउन नहुने बताए । उनले बाहिरबाट कच्चा पदार्थबाहेक नेपाल भित्र्याउन नहुने भन्दै नेपाली समान नेपालमै बनाउने कार्य सोच्नुपनि राम्रो भएको बताए ।

स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु गरेको छ । सो अभियानको आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुआत गरे ।

अभियानको आरम्भ गर्दै प्रधानमन्त्रीले औद्योगिक र आर्थिक विकासमा योगदान पुग्ने गरी निजी क्षेत्रले लगानी बढाउनुपर्ने र आन्तरिकरुपमा सबल हुँदै निर्यात बढाउनुपर्ने बताए । प्रधानमन्त्रीले नेपाललाई आयातकर्ता र उपभोग्य देशबाट क्रमशः उत्पादक र निर्यातक देश बनाउन सबैले योगदान दिनुपर्ने र त्यसमा सरकारको उल्लेख्य साथ र सहयोग रहनेमा जोड दिए।

उनले कृषिलाई उत्पादनसँग जोडेर औद्योगिकीकरणको मार्गमा अगाडि बढ्नुपर्ने तथा अनावश्यक वस्तुको आयात गर्नेतर्फ ध्यान दिन नहुने उल्लेख गरे । निजी क्षेत्रले शुरु गरेको भए पनि यो अभियान सरकारको नै अभियान भएकाले यसलाई सफल बनाउन नीतिगत एवम् कानूनीरुपमा के कस्ता सहयोग गर्न सकिन्छ, त्यसका लागि सरकार तयार रहेको बताए ।

प्रधानमन्त्रीले भने, “यो अभियान एउटा नयाँ अठोट हो, राष्ट्रलाई आधुनिकीकरण र औद्योगीकरण गर्ने दिशामा महत्वपूर्ण रहन्छ भन्ने मैले विश्वास लिएको छु ।” प्रधानमन्त्रीले यस्ता अभियान साना देखिए पनि अर्थ ठूलो हुने भन्दै भारतमा महात्मा गान्धीले शुरु गर्नुभएको चर्खा आन्दोलनको उदाहरण दिए । नेपाली उत्पादनले गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्ने गरी उद्योगको क्षमता विकास गर्नुपर्नेमा जोड दिए।
सरकारले राष्ट्रिय सङ्कल्पका साथ शुरु गरेको समृद्ध नेपाल र सुखी नेपालीसँग स्वदेशी उत्पादनको महत्व जोडिएको भन्दै प्रधानमन्त्री ओली समृद्धि र सुखसँगसँगै अघि बढाउनुपर्नेमा विशेष जोड दिए । नेपालमा आवश्यक नै नभएका वस्तु आयात भइरहेकामा चिन्ता व्यक्त गर्दै उनले त्यस्ता सामानलाई क्रमशः न्यूनीकरण गर्नुपर्छ भने । नेपाल र नेपाली उद्योगले आफ्ना वस्तुको उत्पादन बढाउँदै उनले अन्तरराष्ट्रिय बजारमा त्यसलाई निर्यात गर्ने गरी तयारी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । सरकारले औद्योगिकीकरणका लागि हालै औद्योगिक सप्ताह जसरी देशैभर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको प्रधानमन्त्रीले सो अवसरमा जानकारी दिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निजी क्षेत्रसँग हातेमालो गरेर सरकार अगाडि बढेको भन्दै कुनै समस्या भए त्यसलाई क्रमशः समाधान गर्दै जाने बताए । उनले पछिल्ला दिनमा निजी क्षेत्रका साझा संस्थासँग निरन्तर संवाद गरिएको र आवश्यकताका आधारमा लगानीमैत्री कानूनको तर्जुमा गरिएको जानकारी दिए । अझै केही कानूनमा सुधार गर्नुपर्ने भए पनि सरकार तयार रहेको उनको भनाइ थियो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले मुलुकको आर्थिक परिसूचक कमजोर रहेकाले क्रमशः लगानी वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना गरेर देशलाई समृद्ध बनाउन परिसङ्घ लागिपरेको र आजको अभियान त्यसैको उदाहरण भएको बताए । उनका अनुसार परिसङ्घले उत्पादन र खपत बढाउने लक्ष्यका साथ विभिन्न सातवटा आधार निर्धारण गर्दै ‘मेक इन नेपाल अभियान’ शुरु गरेको हो । त्यसमा उत्पादनतर्फ नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण तय गर्ने, आयात प्रतिस्थापन गर्ने, पूर्वाधारमा पूँजी लगानी बढाउने र सेवा क्षेत्रमा आधुनिकीकरण गर्ने विषय समावेश छ ।

यस्तैगरी खपतका आधारमा स्वदेशी वस्तुको उपभोग, स्वदेशी वस्तुको प्राथमिकता र स्थानीय उत्पादनको बढावाका लागि बजार विस्तार गर्ने विषय समावेश छ । परिसङ्घको यसअभियानमार्फत वार्षिक एक हजारभन्दा बढी नयाँ उद्योग दर्ता गर्ने, सन् २०३० सम्ममा नेपालको कूल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान २६ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । यस्तै आगामी पाँच वर्षमा झण्डै रु पाँच खर्ब बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ । परिसङ्घका आर्थिक सल्लाहकार डा विश्व पौडेलका अनुसार यो अभियानले औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ ।