विचार/ब्लग

महिलामात्र होईन अपबादमा पुरुष हिँसा पनि छन् समाजमा

शोभा रावत / आज हामी १ सय ११ औं अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा छौं । दिवसको सन्दर्भमा महिलाको हक-हितमा आवाज उठाउने बिभिन्न संघ-संस्थाले आज देशैभरी बिभिन्न गोष्ठी, सम्मेलन तथा सेमीनार लगायतका कार्यक्रमहरुको आयोजना पनि गरेका छन् ।

हरेक वर्ष धुमधामका साथ नारी दिवस मनाईरहँदा के मुलुकका बिभिन्न स्थानमा रहेका हरेक महिला अधिकारसम्पन्न भएका छन् त ? भन्ने प्रश्न आईरहेको हुन्छ । तर यसको समाधान खोज्न आजपनि सरकार, मपिहला अधिकारबादी तथा सचेत नेपाली समाज चुकेकै देखिन्छ । कुनैपनि सहरका शिक्षीत महिला केहीदसम्म भएपनि अधिकार सम्पन्न भएभन्दैमा बिकट पहाडी ईलाकाका महिला, तपाईका महिला तथा बालिका पनि अधिकार सम्पन्न स्वतन्त्रताका साथ बाँच्न पाएका छन् त ? के जुनसुकै समाजमा हरेक महिला, छोरी, बुहारी स्वतन्त्रताका साथ बाँच्न पाएका छन् त ? हो यी प्रश्न संधै खड्कीने गर्दछन् ।

भागरथी भट्ट, निर्मला पन्त, मुस्कान खातुन जस्ता तमाम बालीका जो बलात्कार र हत्याजस्ते जघन्य अपराधको शिकार भए ।राणाकाल, पञ्चायतकालदेखी प्रजातन्त्रकाल हुँदै गणतन्त्र कालसम्म आउँदा यीनिहरु त एक उदाहरणमात्रै हुन् । जो अपराधि मानसिकताका शिकार भए र कलिलै उमेरमा कु्ररतापूर्वक बलात्कार र हत्याको शिकार भई मृत्यु वरण गर्न वाध्य भए ।

यी बालीका जस्तै बलात्कार जस्तो जघन्य अपराधको शिकार भई समाजमा अझै खुल्न नसकेका वा पैसा, परिवारको दवाव, अपराधिको डर धम्किले आफ्नो न्यायका लागि समेत मुख खोल्न नसकेका तमाम बालीका, महिला हाम्रा समाजमा रहेका छन् । यति भईरहँदा आजको यो अन्तराष्ट्रिय महिला दिवसका बिभिन्न कार्यक्रममा ठुला-ठुला र मीठा भाषण ठोक्ने ती महिला अधिकारकर्मी त्यस्ता पीडित महिला तथा बालीकासम्म किन पुग्न सकेनन् त ? यो गम्भीर प्रश्न खडा भएको छ । वास्तविक पीडित महिला तथा वालीकासम्म आफुलाई महिला अधिकारकर्मी बताउनेहरुको आँखा पुग्न नसकेको हो त ? वास्तविक पीडीत महिलाकोमा पुग्ने वातावरण बनाउनु अनिबार्य हुनुपर्छ ।

यस्को मतलव ती महिला अधिकारकर्मीले पीडित महिला तथा बालिकाका लागी केहिपनि काम गरेनन् भन्ने मेरो आसय होईन तर वास्तविक पीडित महिला तथा बालीकाका आवाज सुन्ने, पीडा देख्न सक्नुपनि महत्वपुर्ण विषय बन्दछ, महिला अधिकारबादीले ठुला पोटा पत्रिकामा छपाएर नेता हुने भन्दा पीडित महिलालाईै न्याय दिन तल्लिन हुनुपर्ने भएपनि त्यो नदेखिएको भने सत्य हो । काठमाडौंका कुनै एउटा लज वा होटलमा सेमिनार तथा गोष्ठि गर्दैमा महिलामाथि हुने बिभिन्न खाले अपराधको न्युनिकरण हुन्छ भन्ने कुरा पुष्टी भईसकेको छ ।

तराईका जिल्लामा विशेष गरी बालीका अहिलेसम्म दाईजोको नाममा कलिलै उमेरमा मृत्युवरण वा पीडित हुनबाट र सुदुरपश्चिममा कुनै महिला छाउमुक्त हुन नसक्नुको कारण के हो त ? पहिलेको तुलनामा केहि यस्ता खालका घटनामा कमि आउँदै गएको पनि होला तर पनि हामीले बेला–बेलामा दाईजो नलिएको भन्दै घर परिवार मिलेर बुहारीको हत्या भन्ने खालका समाचारहरु आजपनि सुन्नमा आईरहेका छन् । आखिर यस्ता खालका अमानविय घटनाको अन्त्य कहिलेसम्म हुन्छ त ?

प्रत्येक वर्ष नारी दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु गरेर मात्रै सरकारले करोडौं रकम खर्च गर्ने गरेको हुन्छ, सरकारले महिला र बालबालीकाको नाममा छुट्टै मन्त्रालयसमेत दिएर अर्बौंको बजेटसमेत बिनियोजन गर्दछ, महिला आयोग छुट्टै , प्रहरीले महिलाबिरुद्ध हुने अपराध नियन्त्रण गर्न महिला सेल नामक छुट्टै बिभाग गठनसमेत गरेको छ, यी त उदाहरणमात्र हुन्, महिलाका लागि काम गर्ने सरकारी गष्ैरसरकार धेरै संस्थाहरु छन् तरपनि मुलुकमा महिलामाथी हुने हिँसा, बालीका बलात्कार, हत्या, हिंसा, बोक्सी प्रथा, एसिड प्रहार, जिउँदै जलाउने जस्ता जघन्य अपराधहरुभने घट्न सकेनन् । यसको मुख्य जिम्मेवार सरकार, फितलो कानुन लगाएका रहेका छन् । एसिड प्रहार गर्ने र बलात्कारीलाई जबसम्म फाँसिको सजाय दिईदैन यस्ता खालका घटना न्युनिकरण हुने कुनै छाँट देखिँदैन ।

यस्तै अर्काे विडम्वनाको कुरा के त भने आजको समाजपनि पुरुषप्रधान नै छ । हरेक व्यक्ति शिक्षीत भएका छन् भनिरहँदा कतिपय स्थानमा शिक्षीत एक प्रतिष्ठीत व्यक्तिबाट श्रीमति पीडित भएका घटनाहरुपनि बेला-बेलामा सार्वजनिक हुने गरेका छन् । यति भनिरहँदा समाजमा अहिले हरेक महिला पीडित छन् भन्ने खोजेको भने होईन । आज कयौं स्थानमा यस्ता घटनाहरुपनि घटेका छन् जहाँ श्रीमतीबाट श्रीमान पुरुष पनि पीडित भएका छन् । यो नेपालको मात्रै नभएर अन्य मुलुकको पनि कुरा हो । जहाँ कुनै पुरुष आफ्नै श्रीमति पीडित भएको भन्ने घटनाहरुपनि बेला-बेलामा सार्वजनिक हुने गरेका हुन्छन् ।

जहाँका महिलाहरु आजपनि कुनै न कुनै बहानामा पीडित छन् । मुलुकमा राष्ट्रिपति एक महिला छिन्, तरपनि सोहि देशमा प्रत्येकदिन कयौं बालीका बलात्कारको शिकार भईरहेको छन् । बलात्कार तथा हत्याकाण्ड देखी भागरथि बलात्कार तथा हत्याकाण्डको क्रमलाई हेर्दा मुलुकमा लाजमर्दाे र डरलाग्दो अवस्था छ बलात्कारको, हिँसाको ।

चाहे पुरुषका लागि होस्, चाहे महिलाको लागि होस्, हिँसा राम्रो होईन, महिला हिँसा पुरुषको तुलनामा धेरै नै छन्, पुरुष हिँसाका घटना यदाकदा अपबादको रुपमा आईरहेका छन् भने महिला हिँसा सामान्य जस्तै बनिरहेको यस बिकराल अवस्थालाई नजरअन्दाज गर्दा भविश्यमा झनै जटिल अवस्था नआउला भन्न सकिँदैन त्यसैले सबै सरोकारवाला निकायले बेलैमा सोचविचार पुर्याऔं । हिँसा अन्त्य गरौं, सबै खाले हिँसा अन्त्य गर्दै सबैले सभ्य समाज निर्माण गर्न आजैदेखी पहल गरौं । आजैदेखी, अहिलै देखी, आफैंदेखी परिवर्तन भई लागौं ।