पु.समाचार

आज एक सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसः विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

२४ फागुन, काठमाडौं । आज एक सय ११औं अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

साथै यस वर्ष महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने राष्ट्रिय संङ्कल्पका साथ दिवस मनाईँदै छ । दिवसको अन्तराष्ट्रिय नारा भने चुनौति दिने रोजाई लेऊ भन्ने तय गरिएको छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

नारी दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गरी नारीको हकहितसम्बनधी चेतना फैलाउँदै यो दिवस मनाइने गरिन्छ । त्यसैगरी अन्य कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिन्छ । नारी दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।