सामाजिक सञ्जाल

कुनै दल विशेषको कलहले सिङ्गो देशलाई बन्दी बनाउन मिल्दैनः प्रदिप पौडेल

२४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौड्लले कुनै दल विशेषको कलहले सिङ्गो देशलाई बन्दी बनाउन नमिल्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता पौडेलले यस्तो बताएका हुन् । नेकपा विवादको छिनोफानो उनिहरूकै जिम्मेवारी भएको तर कुनै दल विशेषको कलहले सिङ्गो देशलाई बन्दी बनाउन नमिल्ने बताएका हुन् ।

नेता पौडेलले दल भन्दा ठूलो देश र व्यवस्था भएको समेत बताएका छन् । पौडेलले थप आउन सक्ने राष्ट्रिय संकटलाई न्यूनीकण गरी निकास खोज्न नेपाली काङ्ग्रसले विवेकपूर्ण निणर्य गर्नसक्नुपर्नेमा समेत जोड दिएका छन् ।

उनको ट्वीटः नेकपा विवादको छिनोफानो उहाँहरूकै जिम्मेवारी हो । तर कुनै दल विशेषको कलहले सिङ्गो देशलाई बन्दी बनाउन मिल्दैन । दल भन्दा ठूलो देश हो, व्यवस्था हो । थप आउन सक्ने राष्ट्रिय संकटलाई न्यूनीकण गरी निकास खोज्न नेपाली काङ्ग्रसले विवेकपूर्ण निणर्य गर्नसक्नु पर्छ ।