सामाजिक सञ्जाल

शासकले प्रजातन्त्रको मर्मलाई धितोमा राखे, राजनैतिक अभ्यास सर्वथा अफाप: ज्ञानेन्द्र शाह

२३ फागुन, काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको मर्मलाई धितोमा राखेर गरिने राजनीतिक अभ्यास सधैं असफल हुने बताएक छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सत्तासिन शासकहरूले नबुझेसम्म आम नागरिकले पूर्ण प्रजातन्त्रको अनुभूति गर्न असमर्थ रहनेछन् भनेका छन् ।
पुर्व राजा ज्ञानेन्द्र शाहले आज सर्बोच्च अदालतले गरेको नेकपाको नाम बिबादमा नेकपा एमाले र माओबादी केन्द्र ब्यूंत्याउने अनि नेकपा ऋषि कट्टेललाई दिने फैसलालाई संकेत गर्दै उक्त कुरा बताएका हुन् ।
पुर्व राजा शाहले भनेका छन्, ‘लोकतन्त्रका नाममा सर्वमान्य प्रजातन्त्र र यसको अभ्यास अनि मर्मलाई धितो राखेर गरिने कुनै पनि प्रकारको राजनैतिक अभ्यास सर्वथा अफाप नै हुन्छ भन्ने कुरा सत्तासिन शासकहरूले नबुझेसम्म आम नागरिकले पूर्ण प्रजातन्त्रको अनुभूति गर्न असमर्थ रहनेछन् । समयले यो कुरालाई प्रमाणित गरिसकेको छ।’