आर्थिक

संग्रिला डेभलपमेन्टद्वारा नारी दिवसको अवसरमा नारी बचत खाताको सुरुवात

२३ फागुन, काठमाडाैं । संग्रिला डेभलपमेन्ट बैंकले नारी दिवसको अवसरमा आफ्नो ग्राहाकहरुको हितको लागि मध्यनजर गर्दै नारी बचत खाताको शुरुवात गरेको छ । यो वीशेष गरी १८ बर्ष नाघेका महिलाअरुको हितको लागि ध्यान राखि उच्चतम ब्याजदरका साथ बचत गर्न प्रतसाहिन गर्नको लागि प्रदान ग गरिएको सुवीधा हो ।

यस खाता खोल्ने ग्रहाकहरुलाई बार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो बर्षको लागि ५० प्रतिशत छुटको ब्यबस्था साथै मोवाइल बैंकिंग तथा कार्ड सुवीधा पहिलो बर्षको लागि निश्ुाल्क गरेको छ । बैंकको हाल संचालनमा रहेको ९५ शाखाहरु बाट यस किसिमको बचत गर्न सकिन्छ ।