राजनीति

म प्रधानमन्त्री हुने रेसमै छैन, मैले प्रधानमन्त्री हुनै चाहेको छैनः सभापति देउवा

२२ फागुन, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुने रेसमा नभएको बताएका छन् । उनले नेपाली काँग्रेसका युवा नेता नैन सिंह महरद्वारा लिखित पुष्तक बिमोचन कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दलको नेता प्रधानमन्त्री हुने सम्भावनाको बलियो भएपनि आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका छन् ।
सभापति देउवाले नेकपामा बिबाद रहेपनि अहिले फुटेर दुईवटा पार्टी नभईसकेको अवस्थामा काँग्रेसले कुन संग सहकार्य गर्ने भन्ने निर्णय गर्न आवश्यक नभएको बताउँदै ‘म प्रधानमन्त्री हुने रेसमै छैन । म प्रधानमन्त्री हुनै चाहेको छैन’ भनेका छन् । नेपाली काँग्रेसको सरकारको नेतृत्व गर्न नेकपा प्रचण्ड–माधव समूहले अफर गरेपनि सभापति देउवाले निर्णय दिएका छैनन् भने यसअघि चितवनको एक कार्यक्रममा जिम्मेवारी आए पछि नहट्ने बताएका थिए । आज भने सभापति देउवाले क्लीयर कुरा बताएका छन् ।