साहित्य

सामिप्यता !

-निर्दाेष नेपाल                             -कविता

शोक मग्न छ बगैंचा
कोमल पत्र रुन्चे अनुहार बनाएर
अन्तिम सुबास धर्ती लाई
उपहार दिदैछ्न !!

काडाहरु को बिचमा सुरक्षित भयनन
ती फुल जस्तो आफ्नै घरमा बाबू द्वारा छोरी
बलात्कृत हुन्छे !!

आसा भरोसा बिश्वास
आजकाल मान्छे को गर्भ मै तुयको छ 
त्यो भन्दा केही पर 
उषा किरण पहेँलो रंग बोकेर
तिम्रा कोमल अङ्ग अङ्ग हरुलाइ
न्यानो बनाउछ्न अनि मुघ्द हुन्छौ तिमी !!

मेरो दिमाग लाई स्वच्नु पर्दैन
यी आँखा लाइ ठ्मम्याउनु पर्दैन
स्बन्धन ले सुघ्नु पर्दैन
तिम्रो सामीप्यता स्वास बनेर मेरो मन सङ
हरपल मुटु मा रक्त संचार गर्छ !!

तिमिलाइ बिर्सनु स्वास फेर्न बन्द हुनु !! 
तिमी-ममा नहुनु-मेरो रक्त सन्चार बन्द हुनु !!
तिम्रो चित्र मेरो अगाडि नउत्रनु अन्धो हुनु !!
यी सब किमार्थ बदलिने छैन

मैले नदेखेको
तिमिले नदेखेको
हामी दुबैले सुनेको
मृत्यु परको संसार
मेरो अन्तिम गन्तव्य हुनेछ तिमी बिना !!

”तिम्रो आबाज यी कानमा गुन्जदा
समागममा स्खलित भए झै स्वर्गीय
आनन्द को महशुस गर्छु म !!”

सपना रहर खुशी
बाच्नु को बास्तबिकता
तिमी भन्दा पर आस्था
को बिटोमा केही थान फुल र मनोकामना
साथ !
मन्दिर अगाडि उभिएको भक्त
तिम्रो तस्वीर पुजा गर्छ भने त्यो भक्त मनै हु !!

प्रेम नगरीमा चुर्लुम्ब डुब्दा
म बिर्सिन्छु यो समाज
यहाको बास्तबिकता
मान्छे-मान्छे को भेद
अन्याय अत्याचार ले गिजोलेको
समाज !!

सबै दौडमा छ्न
नाम,धन इज्जत पैसा
कोहि इज्जत बेचेर पैसा त कोहि पैसा
बेचेर इज्जत चाहन्छन् !!

मैले तिमिलाइ मन पराउनु
माया गर्नुमा
जातिय विभेद-धनी गरिब
भेदभाव
औंला ठ्ड्याउछ समाज
मलाई कहि पर जानू छ
तिम्रो सामिप्यतामा
संधै मौन हुन !!

म यसरी माया गरु
तिम्रो स्पर्शले मेरो शरीरमा रक्त संचार होस
तिम्रो चुम्बन ले मेरो प्यास मेटिवस
तिम्रो अङ्गगालो
मेरो शरीर ढाक्ने कपडा होस !तिम्रो केस – मेरो आकाश
तिम्रो छाती- मेरो धर्ती
तिम्रो मुस्कान – जुन
जस्को उज्यालोमा
अँध्यारोमा म हिंड्न् सकु
तिम्रा हात
मेरो लौरी रहुन
जस्को सहाराले तिमी सम्बको गन्तव्य
सजिलै पार गरु म !!

शरीरमा स्वास को उपस्तिथि रहदा सम्म
तिमी मै बाच्न पाउ
आफुभित्र तिमिलाइ बचायर तिमी भित्र
म बाच्न पाउ !!

तिम्रै सामीप्यतामा सदा सर्वदा