सामाजिक सञ्जाल

सरकार र विप्लवबीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्ः डा.रावल

२२ फागुन, काठमाडौं । नेकपा दाहाल-नेपाल समुहका नेता डा.भिम रावलले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीचको सहमतीको स्वागत गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता डा.रावलले नेकपा (विप्लव) शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागत योग्य रहेको बताएका छन् ।

सरकार र नेकपा (विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस् भन्ने कामना समेत गरेका छन् ।

शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्य, भन्दै यसमा योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

उनको ट्वीटः नेकपा (विप्लव) शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य छ।सरकार र नेकपा (विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्। शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस् । यसमा योगदान गर्ने सबैलाई धन्यवाद ।