उर्जा

आज ललितपुर सहित ९ जिल्लाका विभिन्न क्षेत्रमा विद्युत कटौती हुँदै, कहाँ कहाँ जाँदैछ बत्ती ?

२२ फागुन, काठमाडौं । आज मुलुकभरका विभिन्न क्षेत्रमा विद्युत कटौती हुँदैछ । मर्मत कार्य चलिरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती हुने जानकारी दिएको छ ।

प्राधिकरणले विगतमा लोडसेडिङको तालिका नै निकालेर विद्युत कटौती गर्ने गरेको थियो । अहिले पनि लोडसेडिङको झल्को दिने गरी विद्युत कटौती हुन थालेको छ ।

प्राधिकरणले मेन्टिनेन्स सटडाउन सेड्युल भन्दै विद्युत कटौतीको तालिका सार्वजनिक गरेको छ भने एउटा प्रेस रिलिज समेत सार्वजनिक गरेर विद्युत कटौतीबारे जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार, आज लगनखेल वितरण केन्द्र र चापागाउँ सव वितरण केन्द्रबाट विद्युत आपूर्ति हुने क्षेत्रहरूमा विद्युत काटिनेछ । मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म ललितपुरको ढलोट कारखाना, हात्तीवन, एरावत टोल, धापाखेल, हरिसिद्धि लगायतका स्थानमा विद्युत आउने छैनन् ।

यस्तै भरतपुरको चनौली वितरण केन्द्रबाट प्रवाह हुने विद्युत पनि कटौती हुनेछ । प्राधिकरणका अनुसार, विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म भक्तपुरका विभिन्न क्षेत्रमा बत्ती जानेछन् ।