राजनीति

घाईते भएका नेता गौतमलाई भेट्न भैसिपाटीस्थीत निवास पुगे प्रधानमन्त्री

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लडेर घाईते भएका नेता बामदेब गौतमलाई भेट्न भैसिपाटीस्थीत निवासमा पुगेका छन् । २३ गते हुन लागेको संसद बैठकमा आफ्नो पक्षमा बहुमत पुर्याउन लागिपरेका नेकपा ओली पक्ष र नेपाल–दहाल पक्षका बेला प्रधानमन्त्री ओली भैंसिपाटीस्थीत निवास पुगेका छन् ।
पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट संसद बिघटन भएपछि दुई चिरा भएको नेकपामा नेकपा उपाध्यक्ष बामदेब गौतम कतैपनि लागेका छैनन् ।अध्यक्ष दहाल र प्रधानमन्त्री ओलीबीचको सम्बन्ध पानी बाराबारको अवस्थामा भएपनि नेता गौतम तटस्थ देखिएका छन्।