राजनीति

काँग्रेसले ओलीबिरुद्धको अबिश्वासको प्रस्तावमा मतदान गर्छः महामन्त्री डा कोईराला

२१ फागुन, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईरालाले नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मँ ओली बिरुद्धको अबिश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने बताएका छन् । उनले दर्ता गरिएको अबिस्वासको प्रस्तावको पक्षमा मतदान गर्नुअघि काँग्रेसबाट सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीको भने टुंगो लाग्नुपर्ने बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ मा शुक्रबार तृप्ति नारायण मेमोरियल अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै सरकार निर्माणको साँचो नेपाली काँग्रेसमा आएको जिकिर गरे । उनले संसदमा अबिश्वासको प्रस्तावमाथी मतदान हुनु अघि नै शेरबहादुर देउवा, पुष्पकमल दहाल र माधव नेपाल को प्रधानमन्त्री हुने तय हुनुपर्ने जिकिर गरेका छन् ।