आर्थिक

महालक्ष्मी विकास बैँकको लाभांश घोषणा

२१ फागुन, काठमाडौं । यस महालक्ष्मीविकास बैंक लि.कोे आर्थिक वर्ष २०७६/७७ कोवासलात नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्तभई सञ्चालक समितिको फाल्गुन २०गते बसेको ४७८ औ बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८० का दरले बोनस सेयर तथा ०.४६ नगदलाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बैंकको साधारण सभा चैत्र १३ गते भर्चुवल माध्यमबाट गर्नको लागि सुचनासमेत प्रकाशित भईसकेको छ । साधारण सभाबाट पारित भएपश्चात् शेयरधनीहरुलाई बोनस सेयरवितरण गरिने छ ।
देशकाशहरी तथा ग्रामीण क्षेत्रकाविभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको,तथा ३४ वटा एटिएमहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.को ५ लाखभन्दा बढी ग्राहक संख्यारहेको छ ।