सामाजिक सञ्जाल

खगेन्द्रको विप्लवलाइ प्रश्नःओलीका चरणमा शरण पर्नेभए आफ्नै कार्यकर्ता किन मराएको?

२१ फागुन, काठमाडौं । राजनीतिक बिश्लेशक खगेन्द्र संग्रौलाले यस्तो फासफुसे सहमति गरेर ओलीका चरणमा शरण पर्न आउनु थियो भने विप्लवले बम पड्काएर आफ्नै कार्यकर्ता किन मराएको ? भनेर गम्भीर प्रश्न गरेका छन् ।
संग्रोलाले समामाजिक सञ्जालमा ट्वीट गर्दै ओली राजलाई आफ्ना कार्यकर्ता मार्ने बहाना किन बनाइदिएको? अर्को प्रश्न थपेका छन् । उनले पहिल्यै ओली सरकारमा जागिर खाको भए वा ठेक्कापट्टा गरी धनार्जनमा लागेको भए भइहाल्थ्यो भन्दै विप्लव नेकपाको अहिले हेर बिजोक भएको टिप्पणी गरेका छन्।
संग्रौलाको ट्वीटः यस्तो फासफुसे सहमति गरेर ओलीका चरणमा शरण पर्न आउनु थियो भने विप्लवले बम पड्काएर आफ्नै कार्यकर्ता किन मराएको ? ओली राजलाई आफ्ना कार्यकर्ता मार्ने बहाना किन बनाइदिएको? पहिल्यै ओली सरकारमा जागिर खाको भए वा ठेक्कापट्टा गरी धनार्जनमा लागेको भए भइहाल्थ्यो।अहिले हेर बिजोक !