साहित्य

नर्मदेश्वरीको ‘यात्राका तरङ्ग’ सार्वजनिक

२१ फगुन, काठमाडौँ / साहित्यकार नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘यात्राका तरङ्ग’ पुस्तक लोकार्पण गरिएको छ । साहित्यकार नर्मदेश्वरी र डा मदनप्रसाद सत्यालको विवाह भएको स्वर्ण वर्ष प्रवेशका अवसरमा विमोचित सो २४८ पृष्ठको पुस्तकमा देशविदेशका विभिन्न ठाउँमा भएका यात्रा प्रसङ्ग र साहित्यिक गतिविधिका २१ संस्मरण समावेश गरिएको छ । पारिवारिक वातावरणमा गरिएको कार्यक्रममा नौ वर्षीया प्रनिसा रेग्मी सभाध्यक्ष र डेढ वर्षीया सानिद्या केसीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको थियो । पुस्तक चिकित्सकद्वय डा। प्रदीप के।सी। र डा। जया सत्यालद्वारा प्रकाशन गरिएको हो ।