पु.समाचार

काठमाडौं आईपुगे नेकपाका महासचिव बिप्लव

२१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव काठमाडौं आईपुगेका छन् ।

सरकार र नेकपाको वार्ताटोलीबीच बिहिबार तीनबुँदे सहमति बमोजिम प्रधानमन्त्री ओलीसंगै एउटै मञ्चमा हुने कार्यक्रमलाई मम्बोधन गर्ने बिप्लव काठमाडौं आएका हुन् ।

ओली र महासचिव बिप्लव आज एउटै मञ्चमा देखिने छन् । सहिद परिवारलाई भेटेर महाुचिव बिप्लब आज बिहान प्रहरीको स्कर्टिङमा काठमाडौं आएका हुन् ।

काठमाडौंमा बिप्लवलाई प्रहरीले सुरक्षा दिईरहेको छ । त्यस्तै बिप्लव नेकपाका वार्ता समितिका संयोजक समेत रहेका खड्गबहादुर विश्वकर्मा प्रकाण्ड अहिले बालुवाटार पुगेको श्रोतले जानकारी दिएको छ ।