पु.समाचार

सरकारसंगकाे सहमती अनुसार बिप्लव नेकपाका नेता धर्मेन्द भए रिहा

२१ फागुन, काठमाडौं । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । कांभ्रे प्रहरी हिरासतमा रहेका बाँस्तोला सरकारी सहमती अनुसार आज बिहान रिहा भएका हुन् । रिहा भएलगत्तै उनी काठमाडौं आएका छन्।

बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको थियो। सहमतिपछि विप्लव नेतृत्वको नेकपामाथि २ वर्षअघि लगाएको प्रतिबन्ध हटिसकेको छ ।

सरकारसंग वार्ता सकारात्मक भएपछि पक्राउ परेका बिप्लवका नेता कार्यकर्ता रिहा गर्न गृहमन्त्रालयले सर्कुलर जारी गरेको थियो ।

बाँस्तोलालाई संगठित अपराध तथा आगजनि मुद्धामा प्रहरीले हिरासतमा लिएको थियो ।