सामाजिक सञ्जाल

हिंसा र पृथकतावादी राजनीतिमाथि स्वदेशी चिन्तनधाराको सामथ्र्यमा प्रधानमन्त्रीको जीतः वाँस्कोटा

२१ फागुन, काठमाडौं । पुर्व मन्त्री तथा नेकपा ओली पक्षका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र पृथकतावादी राजनीतिमाथि स्वदेशी चिन्तनधाराको सामथ्र्यमा जीत निकालेको बताएका छन् ।

सरकार र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमती भएसंगै नेता बाँस्कोटाले आज यस्तो ट्वीट गरेका हुन् ।

आज सामाजिक सञ्जाल ट्वीटमाफर्त उनले यस्तो जीत इतिहासमा विरलै देखिने घटनाक्रममध्येको एक सुखद् घटना भएको बताएका छन् ।

बास्कोटाले ओलीको यस कदमप्रति शंका गर्नेहरू कुण्ठाग्रस्त राजनीति र विदेशी सौजन्यको पर्खाइमा रहेका पात्र भएको टिप्पढाी समेत गरेका छन् ।

उनको ट्वीटः हिंसा र पृथक्तावादी राजनीतिमाथि प्रधानमन्त्री ओलीले स्वदेशी चिन्तनधाराको सामार्थ्यमा निकालेको जीत इतिहासमा विरलै देखिने घटनाक्रम मध्येको एक सुखद घटाना हो । त्यसमा पनि संशय प्रकट गर्नेहरु कुण्ठाग्रस्त राजनीति र शायद विदेशी सौजञ्यको पर्खाईमा रहेका पात्र बाहेक अरु को होलान त ?