पु.समाचार

सरकार र नेकपा विप्लव समूहबीच भएको सहमती आजै देखी सरकारले गर्यो लागू

२० फागुन, काठमाडौं । अपरान्हमा बसेको मन्त्रीपरिषद बैठकले नेकपा बिप्लव समूहसँग सरकार र विप्लव समूहबीच भएको सहमतीलाई अनुमोदन गरेको छ। मन्त्रीपरिषद बैठकपछि आजै भएका नेकपासँगका तीन सहमतीलाई कार्यान्वयन गर्दै कार्यकर्तालाई निशेध नगर्ने, पक्राउ परेकालाई छाड्ने, प्रतिबन्ध हटाउने कार्यका लागि गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई लिखित निर्देशन दिईसकेको बताईएको छ ।
शुक्रबार २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रबिक्रम चन्दले संयुक्त रुपमा सहमतीहरुको बारेमा बिष्तृत बताउने कार्यक्रम छ । २ बर्षदेखी भूमिगत रहेका नेकपा महासचिव विप्लव भोली सार्बजनिक हुँदैछन् ।