राजनीति

ओलीले प्रचण्ड–नेपालसहितका १७३ साँसदलाई बेलाए एकमुष्ठ बैठकमा, नेकपा नफुट्ने संकेत !

२० फागुन, काठमाडौं । नेकपाले २२ गते ३ बजेका लागि संसदीय दलको बैठक डाकेको छ । नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशनअनुसार भन्दै नेकपाका प्रमुख सचेतक बिशाल भट्टराईले सबैलाई एसएमएस पठाएका छन् ।
नेकपाका प्रमुख सचेतक भट्टराईले अर्को नेकपाका अध्यक्ष माधव–पुष्पकमल पक्षका साँसदहरुलाईसमेत बैठकमा एसएमएसमार्फत डाकेको बताएका छन् । पौष ५ गते संसद बिघटन गरेपछि पानी बाराबारको स्थीतिमा पुगेका नेपाल–दहाल पक्ष र ओली पक्षीय नेकपाले एकअर्काले एकअर्कालाई कारबाही गरिरहेको अवस्थामा ओली पक्षले भने २२ गतेका लागि १७३ जना साँसदलाई नै बैठकमा डाकेका छन् ।
प्रमुख सचेतक भट्टराईले बैठकमा बोलाउँदा यसो लेखेका छन्, ‘‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’ २३ गतेका लागि बोलाईएको साँसद बैठकको लागि तयारी गर्न ओली पक्षले आफ्ना पक्षका साँसदहरुलाई निमन्त्रण गर्दा अर्को पक्षलाई पनि बोलाएको छ । आधिकारिक रुपमा हेर्दा नेकपाको अध्यक्ष र संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली नै छन् ।
नेकपाको आधिकारिकता कसैले पनि नपाएको अवस्थामा कतिपय नेकपाका नेताहरु र राजनीतिक बिश्लेशकहरुले नेकपा नफुट्ने दाबी गरिरहेका बेला ओली पक्षीय नेकपाले सबै साँसदलाई बोलाउनु अर्थपूर्ण रुपमा हेरिएको छ ।