राजनीति

झण्डा हल्लाएर हिँड्नेमात्र भए त बेग्लै हो, नत्र सत्ता बाहिर बसेमा काँग्रेसलाई फाईदाः नेता पौडेल

२० फागुन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ‘जनादेश कांग्रेसलाई प्रतिपक्षमा रहने भन्ने नै छ । अहिले सत्तामा गएर रमाउँदा दीर्घकालीन रुपमा पार्टीलाई घाटा हुन्छ । अर्को निर्वाचनलाई ध्यान दिएर कांग्रेसले सोच्न पर्छ’ भनेका छन्।
नेता पौडेलले अहिले माथीदेखी तलसम्म कर्मचारीतन्त्रलाई कम्युनिष्ट सरकारले बिगारेको भन्दै काँग्रेसले यस्तो बेलामा सरकारमा नगएर कम्युनिष्टलाई नै दिनुृपर्ने बताएका छन् । उनले नवलपरासीको कावासोतीमा आयोजीत कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री हुनैका लागि सत्तामा जाने, फोटो टाँस्ने र झण्डा हल्लाएर हिँड्ने हो भने बेग्लै कुरा भएको तर पछिल्लो समय तीन करोड नेपाली जनता नै काँग्रेसमा गोलबद्ध हुन चाहेकाले सरकारमा गएपछि त्यो पुरा हुन नसक्ने बताएका छन् ।
नेता पौडेलले सभापति शेरबहादुर देउवालाई संकेत गर्दै कुनैपनि हालतमा सरकारमा नजाँदा काँग्रेसलाई फाईदा हुने राजनीति बुझ्न आग्रह गरेका छन् । उनले अहिले सत्तामा जाँदा काँग्रेसलाई घाटा हुने ठोकुवा गर्दै दीर्घकालीन रुपमा सोच्नुपर्ने बेला आएको बताए ।