सामाजिक सञ्जाल

संसदको पूर्ण जानकारी र संलग्नतामा बिप्लवसंग वार्ता हुनुपर्दछः पुर्व सभामुख ढुंगाना

२० फागुन, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले संसदको पूर्ण जानकारी र संलग्नतामा बिप्लव नेतृत्वको नेपाल कमयुनिष्ट पार्टीसंग वार्ता हुनुपर्नेमा जोड दिएका छन् ।

सरकार र बिप्लव नेकपाबीच बिभिन्न तिन बुंदे सहमति भएको प्रति स्वागत गर्दै ढुंगानाले यस्को ट्वीट गरेका हुन् । उनले नेकपा विप्लवसंगको वार्ता एक मानेमा वार्ताको पुरानै कडि मान्न सकिने भन्दै जेहोस्, वार्ता अग्रसरता स्वागतयोग्य रहेको बताए ।

उनले विचारणीय पक्ष अरू धेरै भएको भन्दै पहिलो समय पक्ष र संसदको पूर्ण जानकारी र संलग्नतामा हुनुहपर्ने भन्द्यै सरकार आधिकारिक अर्थात् कि सहमति कार्यान्वयन सक्षम पनि हुनुपर्ने बताएका छन् ।

उनको ट्वीटः नेकपा (विप्लव समूह)सँगको वार्ता एक मानेमा वार्ताको पुरानै कडि मान्न सकिन्छ। जेहोस्, वार्ता अग्रसरता स्वागतयोग्य अवश्य हो। विचारणीय पक्ष अरू धेरै छन्। पहिलो समय पक्ष हो। संसदको पूर्ण जानकारी र संलग्नतामा हुनुहपर्दछ। सरकार आधिकारिक अर्थात् कि सहमति कार्यान्वयन सक्षम पनि हुनुपर्दछ।