प्रदेश 1

‘कांग्रेस विभाजितसँग होइन सिङ्गो नेकपासँग भिड्न तयार’

१९ फागुन, विराटनगर । प्रदेश नं १ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेत केदार कार्कीले सरकारले संसद्लाई सामना गर्न छाडेर भागिरहेको आरोप लगाएका छन् ।

यही फागनु २० गते हुने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले आगामी चैत २ गते बस्ने भनी प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाप्रति आज पत्रकारसँगको भेटघाटमा आक्रोश व्यक्त गर्दै उनले कार्यपालिका, न्यायपालिका जस्तै व्यवस्थापिकाले पनि आफ्नो हैसियत देखाएका कारण सरकारविरुद्धमा आएको अविश्वासको प्रस्ताव प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा पेश भएको जिकिर गरे ।

प्रमुख सचेतक कार्कीले १२ दिनसम्म संसद् बैठक स्थगन हुनु र छल्नु सरकारको लाचारी हो भने ।