राजनीति

प्रधानमन्त्री पाऊँ–प्रधानमन्त्री पाउँ भन्दिन, जिम्मेवारी आयो भने भाग्दिनः सभापति देउवा

१९ फागुन, रौतहट । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जीम्मेवारी आए पछि नहट्ने बताएका छन् । दहाल–नेपाल नेकपाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा बुढानिलकण्डस्थीत निवासमा पार्टीभित्र छलफल गरेरमात्र निर्णय दिने बताएका सभापति देउवाले आज चितवनको एक कार्यक्रममा बोल्दै भने, ‘‘प्रधानमन्त्री पाऊँ–प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन ।’
सभापति देउवाले काँग्रेस सरकारमा जाने अवशरमा पछाडि हट्नु ठीक नहुने विचार राख्दै नेतृत्वमा जाँदा पार्टीलाई घाटा हुन्छ भन्नु गलत भएको जिकिर गरेका छन् । सभापति देउवाले आफू प्रधानमन्त्रीका लागि लोभ नगर्ने भएपनि उक्त जिम्मेवारी आएमा भने कुनैपनि हालतमा पछि नहट्टे जिकिर गरेका छन् । बरिष्ठ नेपा पौडेलले सोही कार्यक्रममा काँग्रेस प्रतिपक्षमा बस्नुपर्ने बताएपछि बोलेका सभापति देउवाले बपरष्ठ नेता पौडेलले पनि सरकारको नेतृत्व गर्दा सघाउने विचार ब्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले पौष ५ गते संसद बिघटन गरेपछि फुटको अन्तिम चरणमा पुगेको नेकपाका अध्यक्ष दहाल–नेपाल पक्ष र प्रधानमन्त्री केपी शर्मा ओली पक्ष दुबैले काँग्रेससँग सहकार्य गरेर सरकार बनाउने रणनीति बनाएका छन् । नेपाल–दहाल पक्षले प्रधानमन्त्रीका लागि अफर नै गरिसकेको अवस्था छ भने प्रधानमन्त्री ओलीपनि देउवालाई फकाउने रणनीतिमा देखिन्छन् । आज चितवनमा सभापति देउवाले सरकारको नेतृत्व आए पछि नहट्ने सन्देश दिनु देउवा २३ गतेको संसद बैठकका लागि प्रधानमन्त्री दाबेदारमा सबैभन्दा नजिक देखिएका छन् ।