१९ फागुन, रौतहट । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसले अहिले सरकारमा जानेभन्दा पनि प्रतिपक्षमा नै बस्नुपर्ने बिचार व्यक्त गरेका छन् । उनले चितवनमा आयोजीत कायक्रममा बोल्दै नेपाली काँग्रेसलाई जनताले ५ बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएकाले यस समयमा काँग्रेसले प्रतिपक्ष्ँमा बस्नुपर्ने बिचार ब्यक्त गरेका हुन् ।
उनले उक्त कार्यक्रममा भने, ‘‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सनो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ’ काँग्रेस सभापति शेरबहादुर देउवा पक्षले काँग्रेसले आवश्यक्ता परेमा सरकारको नेतृत्व लिन्छ भनेर बताईरहेकान बेला नेता पौडेलले भने आजको कार्यक्रममा काँग्रेसले जनताबाट धेरै आशा र भरोसा गरेकाले सानो संख्या भएका कारण सत्ताको लोभमा फस्न नहुने विचार ब्यक्त गरेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दहाल पक्ष र अर्का प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली दुर्ब पक्षले प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई काँग्रेस सरकारमा गए मिल्नुपर्ने भन्दै सरकारको नेतृत्व दिनसमेत अफर गरिरहेका बेला बरिष्ठ नेता पौडेलले चितवनमा महत्वपूर्ण कुरा बताएका हुन् ।