पु.समाचार

ओली पक्षका महेश बस्नेत र सुवाश नेम्वागंसहित ७ जना परे नेपाल-दहाल पक्षको कारबाहीमा

१९ फागुन, काठमाडौं । नेकपा नेपाल दहाल समूहले उपनेता सुवास नेम्वांग, महेश बस्नेतसहित ७ जनालाई निलम्बन गरेको छ । नेकपा दहाल नेपाल पक्षको बैठकले प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापा, कर्णबहादुर थापा, प्रभु शाह, शान्ता चौधरी, बिशाल भट्टराई पनि परेका छन्।
सुर्य थापा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेश सल्लाहकार रहेका छन् भने प्रभू शाह ओली सरकारका मन्त्री रहेका छन् । सुवास नेम्वांग दलका उपनेता र महेश बस्नेत ओली पक्षमा खुलेर लागेका नेकपाका युवा नेता हुन् ।