राजनीति

नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुको विकल्प छैनः महामन्त्री डा.कोईराला

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले आज चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल-नेपाल समूहले दर्ता गर्ने जानकारी दिएका छन ।  उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताए ।

प्रतिनिधिसभाका सदस्य डा.कोइरालाले भने, “ नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।” उनले भने सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिएका छन् ।

” फरक प्रसङ्गमा महामन्त्री डा.कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताएका छन्