पु.समाचार

दाहाल-नेपालदेखी सभामुख, सांसदसम्मले लगाए कोरोना बिरुद्धको खोप

१९ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद्हरुले कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन् ।

सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड-१९ सङ्क्रमणविरुद्धको खोप लगाएका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उनले कोरोनाविरुद्धको पहिलो खोप लिएका हुन् ।

पूूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर खोप लगाएका छन् । त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापनलगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गरेका थिए ।

प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुुरु हुने सातौँ अधिवेशनमा सहभागी हुुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा आज दिउँसो ४ बजेसम्म सांसद्हरुलाई कोरोनाविरुद्धको खोप लगाइने छ ।

प्रतिनिधि सभा र राष्ट्रियसभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने छ ।