आर्थिक

तोलामा ५०० ले बढ्यो सुनको मूल्य

१९ फागुन, काठमाडौँ / स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने ५०० बढेको हो ।
नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा ८७ हजार ५० मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।