राजनीति

अध्यक्ष दाहालको दाबीः २३ गतेपछि राजनीतिक संक्रमण सबै क्लियर हुन्छ

१९ फागुन, काठमाडौं । नेकपाको दाहाल-नेपाल समुहका अध्यक्ष पुस्पकमल दाहालले फागुन २३ गतेपछि राजनीतिक संक्रमण सबै क्लियर हुने दाबी गरेका छन् ।

आज बिहान सिभिल अस्पतालमा कोरोना विरुद्धको खोप लगाउन पुगेका नेकपाको दाहाल-नेपाल समुहका अध्यक्ष दाहालले राजनीतिक संक्रमण अब लामो समयसम्म नलम्बिने बताएका हुन् ।

राजनीतिक संक्रमण कहिले अन्त्य हुन्छ भनि संचारकर्मीहरुले सोधेको प्रश्नमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।