राजनीति

बिप्लव र सरकारबीच पहिलो चरणको वार्ता सकियो

१९ फागुन, काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको बताएका छन् ।

सरकारी वार्ताटोलीका सदस्य समेत रहेका डा.भट्टराईले वार्तापछि सामाजिक सञ्जाल ट्वीटमाफर्त    आजको वार्ता सकारात्मक र दिशाउन्मुख रहेको जानकारी गराएका छन् । यस्तै सरकार र बिप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीबीचको पहिलो चरणको वार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र नेकपा बिप्लपबीच आज बिहानैदेखी बसेको वार्ता फेरी बस्ने गरी सकिएको हो ।  केहीदिन अगाडी नै वार्ता टोली दुवै पक्षले बनाएपनि आज वार्ताको लागि तय भएको थियो ।

बिप्लव पक्षबाट खड्गबहादुर बिस्वकर्मा र उदय चलाउने वार्ता टोलीमा छन् भने सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई छन् ।

विप्लप पक्षले सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र पक्राउ पारिएका आफ्ना कार्यकर्ता छाड्नुपर्ने शर्त राखेको समाचारहरुले जनाएपनि आधिकारिक पुष्टी भने भएको छैन ।