पु.समाचार

नेकपा बिप्लप र सरकारबीच गोप्यस्थलमा वार्ता शुरु

१९ फागुन, काठमाडौं । नेपाल सरकार र नेकपा बिप्लप समूहबीच आज बिहानैदेखी वार्ता भईरहेको छ । वार्ता भईरहेको तर कुन स्थलमा भएको भन्ने कुरा भने गोप्य राखिएको छ । केहीदिन अगाडी नै वार्ता टोली दुवै पक्षले बनाएपनि आज वार्ताको लागि तय भएको छ ।
बिप्लव पक्षबाट खड्गबहादुर बिस्वकर्मा र उदय चलाउने वार्ता टोलीमा छन् भने सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई छन् । विप्लप पक्षले सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र पक्राउ पारिएका आफ्ना कार्यकर्ता छाड्नुपर्ने शर्त राखेको समाचारहरुले जनाएपनि आधिकारिक पुष्टी भने भएको छैन ।