सामाजिक सञ्जाल

सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर सुरक्षा खतरा छ भन्ने प्रधानमन्त्री नहटाए नेताहरु पनि नालायकः धनराज

१९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले मलाई खतराछ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन् ।

केहिदिन पहिले एक कार्यक्रममा ओलीले दिएको उक्त अभिव्यक्तितर्फ कटाक्ष गर्दै सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर सुरक्षा खतरा छ भन्ने प्रधानमन्त्री नहटाए नेताहरु पनि नालायक हुने बताएका छन् ।

नेता गुरुङले सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर आफुमाथि खतरा छ भन्ने प्रधानमन्त्रीले देश र जनताको सुरक्षा गर्न नसक्ने भन्दै यस्ता नालायकलाई संसदबाट हटाउन नसके अन्य नेताहरु पनि नालायक नै हुने टिप्पणी गरेका छन् ।

गुरुङले सार्बभौमसत्ता जनताको सर्बोच्च संसदलाई नालायकहरुको भाषण गर्ने थलोको रुपमा रुपान्तरण गनर्न पनि सबैलाई सचेत गराएका छन् ।

उनको ट्वीटः सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर आफुमाथि खतरा छ भन्ने प्रधानमन्त्रीले देश र जनताको सुरक्षा गर्न सक्दैन । यस्ता नालायकलाई संसदबाट हटाउन नसके अन्य नेताहरु पनि नालायक नै हुनेछन् । सार्बभौमसत्ता जनताको सर्बोच्च संसदलाई नालायकहरुको भाषण गर्ने थलोको रुपमा रुपान्तरण नगरौं !