राजनीति

जनता रिझाउने भन्दा छिमेकी रिझाउने प्रतिस्पर्धामा नेताहरू व्यस्तः डा.आचार्य

१९ फागुन, काठमाडौं । पूर्वाधार विज्ञ डा.सुर्यराज आचार्यले जनता रिझाउने भन्दा छिमेकी रिझाउने प्रतिस्पर्धामा नेताहरू व्यस्त रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.आचार्यले २००७ सालदेखी देखिकै घातक प्रवृत्ति निरन्तर चलिरहेको भन्दै छिमेकले अब नेताको दासत्व भन्दा नेपाली जनताको मन जित्नुपर्नेमा जोड दिएका छन् ।

आचार्यले नेपालको आन्तरिक राजनीतिका मामिलामा छिमेकीलाई जोड्नै पर्ने हो र ? भन्दै प्रश्न समेत गरेका छन् । लोकतन्त्र, तर जनता रिझाउने भन्दा छिमेकी रिझाउने प्रतिस्पर्धामा नेताहरू व्यस्त छन् उनले भने ।

उनको ट्वीटः हाम्रो आन्तरिक राजनीतिका मामिलामा छिमेकीलाई जोड्नै पर्ने हो र ? भन्छौं लोकतन्त्र, तर जनता रिझाउने भन्दा छिमेकी रिझाउने प्रतिस्पर्धामा नेताहरू व्यस्त छन् । २००७ देखिकै घातक प्रवृत्तिको निरन्तरता ! छिमेकले अब नेताको दासत्व भन्दा नेपाली जनताको मन जितोस् ।