राजनीति

डा.कोईरालाको प्रश्नः प्रधानमन्त्रीले नै म सुरक्षित छैन भन्दा जनता चाँही सुरक्षित छन् त ?

१९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा.शेखर कोईरालाले प्रधानमन्त्रीकाे अभिव्यक्तिलाई लिएर आलोचना गरेका छन् ।

केहिदिन अघि एक कार्यक्रममा प्रधानमन्त्री ओलीले म असुरक्षीत छु भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै डा.कोईरालाले सामाजिक सञ्जाल ट्वीट माफर्त प्रधानमन्त्रीले नै म सुरक्षित छैन भन्दा जनता चाँही सुरक्षीत छन् त ? भन्ने प्रश्न समेत गरेका छन् ।

उनले प्रधानमन्त्री जस्तो व्यक्तिले म सुरक्षित छैन, मेरो ज्यान खतरामा छ भन्दा सुरक्षा निकायको मनोबल कस्तो होला ? भन्दै अर्काे प्रश्न गरेका छन् ।

उनको ट्वीटः प्रधानमन्त्री जस्तो व्यक्तिले म सुरक्षित छैन, मेरो ज्यान खतरामा छ भन्दा सुरक्षा निकायको मनोबल कस्तो होला ? प्रधानमन्त्री नै सुरक्षित छैनन् भने यो देशमा को चाही सुरक्षीत छ ? सर्वसाधारण जनता चाही सुरक्षित छन त ?